८. समितिको कोष
(१) समितिको एउटा छुट्टै कोष हुनेछ र सो कोषमा देहायका रकमहरू रहनेछन् ः–
(क) नेपाल सरकारबाट प्राप्त रकम ।
(ख) कुनै व्यक्ति वा संस्थाले चन्दा वा सहायता स्वरूप प्रदान गरेको रकम ।
(ग) अन्तर्राष्ट्रिय संघ, संस्था, विदेशी सरकार वा एजेन्सीबाट प्राप्त रकम ।
(घ) समितिले उपलब्ध गराएको कुनै सेवा वापत प्राप्त हुन आएको रकम ।
(ङ) भानु जन्मस्थल विकास समितिसंग सम्बन्धित जिल्ला विकास समिति, नगरपालिका वा गाउँ विकास समितिबाट प्राप्त अनुदान
रकम ।
(च) अन्य कुनै स्रोतबाट प्राप्त रकम । (२) उपदफा (१) को खण्ड (ग) अन्तर्गतको रकम प्राप्त गर्नु अघि समितिले
नेपाल सरकारको स्वीकृति लिनु पर्नेछ ।
(३) समितिको कोषमा रहने रकम नेपालको कुनै बैंकमा खाता खोली जम्मा गरिनेछ ।
(४) समितिको नामबाट गरिने सबै खर्च उपदफा (१) बमोजिमको कोषबाट ब्यहोरिनेछ ।
(५) समितिको खाता सञ्चालन समितिले निर्धारण गरे बमोजिम हुनेछ ।